Home Handouts अक्षांश र देशान्तर
अक्षांश र देशान्तर
Published on: Apr 06, 2026 (२३ चैत, २०८२) Free Resource

अक्षांश र देशान्तर

अक्षांश र देशान्तर

  • पृथ्वीको अक्ष र भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक सिधा रेखाहरुलाई अक्षंश भनिन्छ ।
  • पृथ्वीको उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म खिचिएका अर्ध वृत्ताकार रेखाहरुलाई देशान्तर भनिन्छ ।
  • अक्षंश र देशान्तरको बारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति इराटोस्थेनीज (तेस्रो सताब्दी इ.पू) तर अक्षंश देशान्तरको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति हिपार्कस (दोस्रो सताब्दी इ.पू) हुन ।

अक्षंश (Latitude)

  • पृथ्वीको भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व–पश्चिम दिशामा खिचिएका काल्पनिक क्षितिज्य रेखालाई अक्षांश भनिन्छ ।
  • जम्मा रेखाको संख्या : १८० (० समेत गरि १८१)
  • ० डिग्री अक्षंश रेखा भू–मध्य रेखा (Equatorial Line)
  • २३.५ उत्तरी अक्षांश रेखा: र्कक रेखा (Tropic of Cancer)
  • ६६.५ उत्तरी अक्षांश रेखा: सूमेरु वृत्त (Arctic Circle)
  • २३.५ दक्षिणी अक्षांश रेखा: मकर रेखा (Tropic of Capricorn)
  • ६६.५ दक्षिणी अक्षांश रेखा: कूमेरु वृत्त (Antarctic Circle)
  • अक्षंश रेखाहरुको बिचको दूरी: १११ कि.मी

विशेषता

  • अक्षंश रेखाहरु पुर्ण वृत्ताकार हुन्छन् ।
  • अक्षांशको मदतले विभिन्न स्थानको जलवायुको अवस्था पत्ता लागाउन सकिन्छ ।
  • यसको मद्तले दुई स्थान विचको लम्बीत दुरी (Perpendicular Distance) पत्ता लगाउन सकिन्छ ।
  • अक्षंश बढ्दा तापक्रम घट्दै जान्छ ।
  • सबै भन्दा लामो अक्षांश रेखा भू–मध्य रेखा (Equatorial line) हो ।

देशान्तर (Longitude)

  • पृथ्वीको अंक्षसंग समानान्तर खिचिएका ठाडो काल्पनीक रेखाहरुलाई देशान्तर भनिन्छ ।
  • देशान्तर रेखाको अर्को नाम: मध्यान्ह रेखा Equotorial Line
  • जम्मा रेखाको संख्या: ३६०
  • ० डिग्री देशान्तर रेखा: ग्रीनवीच (प्रधाणमध्यान्न रेखा)
  • १८० डिग्री देशान्तर रेखा: अन्तराष्ट्रिय तिथी रेखा भनिन्छ
  • अन्तराष्ट्रिय तिथि रेखा बाङ्गो टिङ्गो (zig-zag) हुन्छ र यो प्रशान्त माहासागरमा पर्छ ।

विशेषता

  • देशान्तर रेखाहरु अर्ध वृत्ताकार हुन्छन ।
  • १ डिग्री देशान्तरको फरक ४ मिनेट हुन्छ ।
  • ० डिग्री देशान्तर रेखालाई प्रधानमध्यान्न रेखा भनिन्छ र यो वेलायतको ग्रीनबिच भएर जान्छ ।
  • मध्यान्ह रेखाको पुर्वको समय छिटो +प्लस तथा पश्चिमको समय ढिलो (– माइनस) हुन्छ ।
  • देशान्तर को सहयोगले विश्को समयलाई विभिन्न २४ वटा समय क्षेत्र (Time Zone) मा विभाजन गरिएको छ ।
  • यसको मद्तले एक स्थानबाट आको स्थानको समय पत्तालगाउन सकिन्छ ।
  • १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ र यो रेखा प्रशान्त माहासागरमा पर्छ ।

Spread the knowledge

Share this study material with your friends.