Published Date
Apr 22, 2026
|
०९ वैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।'
राजिनामा मिति २०८३ बैशाख ०९ गते
स्रोत: कान्तिपुर
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा - कान्तिपुर