Home Handouts शिक्षा ऐन २०२८
Published on: Apr 21, 2026 (०८ वैशाख, २०८३) Free Resource

शिक्षा ऐन २०२८

शिक्षा ऐन २०२८ 

प्रमाणीकरण र प्रकाशन मिति २०२८--२४

शिक्षा ऐन २०२८ लागु भएको


शिक्षा ऐनमा हाल सम्म भएको संशोधनहरु

शिक्षा (पहिलो संशोधन) ऐन, २०३३ २०३३।७।४
शिक्षा (दोस्रो संशोधन) ऐन, २०३६ २०३६।८।५
शिक्षा (तेस्रो संशोधन) ऐन, २०३७ २०३७।५।२६
शिक्षा (चौथो संशोधन) ऐन, २०४५ २०४५।७।१०
शिक्षा (पाँचौं संशोधन) ऐन, २०४९ २०४९।७।१३
शिक्षा (छैठौ संशोधन) ऐन, २०५५ २०५५।१०।१
शिक्षा (सातौ  संशोधन) ऐन, २०५८

२०५८।१०।२५

शिक्षा (आठौ संशोधन) ऐन, २०७३ २०७३।३।१५
शिक्षा (नवौ संशोधन) ऐन, २०७४ २०७४।०७।०६


विधालय शिक्षा (शिक्षा ऐनको आठौं संशोधन)

शिक्षा सम्बन्धी विभिन्न समिती तथा तीनमा रहने सदस्यहरु

११ख.  आयोगको गठन :

आयोगमा अध्यक्ष र एक जना महिला सहित अन्य दुईजना सदस्यहरू रहनेछन् ।

सदस्यहरूको नियुक्तिको लागि सिफारिस गर्न नेपाल सरकारले एक ३ सदस्यीय समिती एक समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले सदस्यमा नियुक्ति गर्नेछ ।

  लोक सेवा आयोगको अध्यक्ष   : अध्यक्ष

  त्रिभुवन विश्वविद्यालयको उपकुलपति    : सदस्य

  शिक्षा मन्त्रालयको सचिव   : सदस्य

 

११ ग.  सदस्यको लागि चाहिने योग्यता :

सदस्यको पदमा नियुक्ति हुनको लागि देहायका योग्यता पुगेको हुनु पर्नेछः–

नेपाली नागरिक,
नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको,
नियुक्त हुनुभन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनैतिक दलको सदस्य नरहेको,
चालीस वर्ष उमेर पूरा भएको,
अध्यक्षको लागि नेपाल सरकारको विशिष्ट श्रेणीमा अनुभव प्राप्त गरेको र सदस्यको लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको ।

११घ. सदस्यता कायम नरहने :

  १) देहायका अवस्थामा सदस्यको पद रिक्त भएको मानिनेछः–

  (क) ५ वर्षको पदावधि पूरा भएमा,

  (ख) पैंसठ्ठी वर्ष उमेर पूरा भएमा,

  (ग) नेपाल सरकार समक्ष निजले पेश गरेको लिखित राजीनामा स्वीकृत भएमा,

  (घ) निजको मृत्यु भएमा ।

सदस्यहरूको पदावधि पाँच वर्षको हुनेछ र निजहरू पुनः नियुक्त हुन सक्नेछन् ।

आयोगको वरिष्ठ कर्मचारीले आयोगको सचिव भई काम गर्नेछ ।

Access Study Materials Offline

Download PDFs, participate in live tests, and read notes even without an internet connection on our mobile app.

Download Now

Spread the knowledge

Share this study material with your friends.

Welcome Back 👋

Log in to continue your learning journey.

Forgot Pass?

New user?

Create Account ✨

Join thousands of students achieving their goals.

Already part of our portal?